३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा हेटौंडामा आयोजित साताव्यापी कार्यक्रम सम्पन्न
३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि र्याली तथा कोण सभा कार्यक्रम गरिएको छ ।
राष्ट्रिय अपांग महासंघ नेपाल बागमती प्रदेशले गरेको साताव्यापी कार्यक्रम अन्तरगत आइतबार अन्तिम दिन र्याली तथा कोण सभा गरिएको हो । कोण सभामा साताभर गरिएका विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।
चित्रकला प्रतियोगितामा आशा पाठशालाका दिक्षा खनाल प्रथम, माया नेपाली दोस्रो, विनिता राई तेस्रो, श्रिया थापामगर सान्त्वना भएका छन् । दौड प्रतियोगितामा सेन्टर फर अटिज्म हेटौंडाका समर श्रेष्ठ प्रथम, बाबु मैनाली द्धितिय, अभिक श्रेष्ठ तृतिय र निभिक डंगोल सान्त्वना भएका छन् ।
यस्तै ब्रेल पिी लेखन प्रतियोगितामा बालज्योती माविका सुनिता बल प्रथम, फुर्साङ घलान द्धितिय, चंचली गुरुङ तृतिय र संजिव थिङ सान्त्वना भएका छन् । बौद्धिक अपांगता समावेशी कक्षा अन्तरगत चम्चा गुच्चा प्रतियोगितामा नवज्योती मावि हेटौंडा ७ का प्रशान्त ढुंगाना प्रथम, रञ्जन लामा द्धितिय, पवन थापामगर तृतिय र उर्मिला रुम्बा सान्त्वना भएका छन् ।
यसैगरी चित्रकला प्रतियोगितामा शान्ति बहिरा विद्यालय हेटौडा ६ का रोशन श्रेष्ठ प्रथम, मिना माया थिङ द्धितिय, सन्तोष रुम्बा तृतिय र स्विकृति प्याकुरेल सान्त्वना भएका छन् ।
‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराको साथ मनाएको दिवसको अवसरमा विभिन्न अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय अपांग महासंघ नेपाल बागमती प्रदेशका अश्विन लम्सालले बताउनुभयो ।
र्यालीमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधी, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा दिवसका अवसरमा साताव्यापी कार्यक्रम गरिएको हो ।







