मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

छहारी संवाददाता
मंसिर १४, २०८०

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृतकहरु एकै परिवारका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका –२ बस्ने ३५ वर्षका भिम बहादुर स्याङतान, उहाँकी श्रीमती ३४ वर्षकी रुपा स्याङतान र ५ महिने छोरी मृत्यु भएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

आमाछोरीको घटनास्थलमै र गम्भीर घाइते भएका भिम बहादुरको हेटौंडा अस्पताल मा उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लाने क्रममा बाटैमा मृत्यु भएको उहाँले बताउनुभयो ।

सुकौराबाट कान्तिलोकपथ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहिबार दिउँसो आफै अनियन्त्रित भएर धवाडीपुल छेउमा दुर्घटना भएको भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*