कृषि क्षेत्रमा अहिलेसम्म अभ्यास नगरिएको मोडेलमा बागमती प्रदेश जान खोजिरहेको छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
१३ मंसिर २०८०, बुधबार १५:०९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रको विकासका लागि समुदायमा आधारित उत्पादनको मोडेलमा जाने तयारीमा रहेको बताउनु भएको छ ।

बुधबार उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएर अघि बढेको बताउनुभयो । मंसिर महिना भित्रै ८०/९० पालिकालाई कृषि पकेट क्षेत्र घोषण गर्ने तयारीमा रहेको बताउँदै उहाँले कृषि क्षेत्रमा अहिलेसम्म अभ्यास नगरिएको मोडेलमा बागमती प्रदेश जान खोजिरहेको बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले नेपालमा रहेका जंगलहरुबाट उमेर पुगेका काठहरु निकाल्न पाउने निती बनाई नेपालीलाई चाहिने काठ नेपालमै खपतको व्यवस्था गर्ने बताउनुभयो । उहाँले हस्तकलाई, घरेलुलाई चाहिने काठ, ढुंगा, माटो लगायतका वस्तु, प्रदेश भित्र कहाँ कहाँ छ, खोजी गरी प्रयोग गर्न नितीगत निर्णय गर्ने पनि बताउनुभयो ।

उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवन उद्घाटन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, खानेपानी उर्जा तथा सिंचाईमन्त्री तिर्थ बहादुर लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का लगायतको सहभागिता रहेको थियो । यसअघि भाडाको घरमा रहेको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कामकाज बुधबारबाट आफ्नै भवनमा सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*