अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन हेटौंडामा सुरु

छहारी संवाददाता
९ मंसिर २०८०, शनिबार १८:०८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन हेटौंडामा सुरु भएको छ । शनिबार र आइतबार दुई दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अनेरास्ववियु केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज भुवन मैनालीले सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास गरिने बताउनुभयो । उहाँले प्रथम अधिवेशले नयाँ नेतृत्व चयनसंगै आगामी बागमती प्रदेश अनेरास्ववियु कस्तो दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्ने बताउनुभयो ।

अधिवेशनका लागि उपत्यका बाहेकका १० जिल्लाबाट प्रतिनिधीहरु सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*