संघीयता र गणतन्त्रको विषयमा चिन्ता लिइरहनु पर्दैनः एमाले नेता ढकाल

छहारी संवाददाता
९ मंसिर २०८०, शनिबार १६:१२

नेकपा एमालेका स्थायी कमिटि सदस्य भानुभक्त ढकालले संघीयता र गणतन्त्रको विषयमा चिन्ता लिइरहनु नपर्ने बताउनु भएको छ ।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सस्तो लोकप्रियताका लागि कतिपय पार्टी र तीनका नेताहरुले संघीयता र गणतन्त्र विरुद्ध अभिव्यक्ती दिएपनि चिन्ता लिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

अहिले मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धमा जनतालाई भ्रमित पार्ने तत्वहरु सक्रिय रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले देशमा अराजकता निम्त्याउने तत्वहरुलाई थप उत्तेजित बन्नबाट सरकारले रोक्नुपर्ने जिकिर गर्नुभयो ।

नेता ढकालले नेकपा एमाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै प्रतीपक्षमा रहेर सरकारलाई खबरदारी गरिरहेको दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*