कलैया २१ भोडहामा निशुल्क आँखा शिविर संचालन

२६१ जनाको आँखा जाँच, ८८ जनामा मोतियाविन्दु फेला
छहारी संवाददाता
मंसिर ७, २०८०

कलैया उपमहानगरपालिका २१ भोडहामा निशुल्क १३ औं आँखा शिविर संचालन गरिएको छ ।

महालक्ष्मी महिला वडा समूह भोडहाको आयोजनामा तथा हेटौंडा आँखा अस्पतालको सहयोगमा बिहिबार शिविर संचालन भएको हो । शिविरमा २६१ जनाको आँखा जाँच गरिएको थियो । जसमा ८८ जनामा मोतियाविन्दु देखा परेको र उनिहरुको हेटौंडा आँखा अस्पतालमा निशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ ।

महालक्ष्मी महिला वडा समूह भोडहाका अध्यक्ष मदिना खातुनको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष शिव बिहारी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा आँखा अस्पतालका वरिष्ठ वाह्य कार्यक्रम नेत्र अधिकृत सुशिल कुमार सिंहको विशेष आतिथ्यता रहेको कार्यक्रममा पूर्व वडा अध्यक्ष पुनदेव प्रसाद रौनियार, साविक पूर्व गाविस अध्यक्ष शंकर प्रसाद यादव, नेकपा एमाले नेता नैमुद्धिन अन्सारी, नेकपा एकिकृत समाजवादीका नेताहरु विरेन्द्र प्रसाद यादव, प्रमोद कमार तिमल्सेना, राजपाका नेता मुक्ति प्रसाद यादव, तपि माविका व्यवस्थापन समिती अध्यक्ष गणेश प्रसाद यादव लगायतको आतिथ्यता रहेको थियो ।

दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा हेटौंडा आँखा अस्पतालका वरिष्ठ वाह्य कार्यक्रम नेत्र अधिकृत सुशिल कुमार सिंहलाई प्रसंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम वडा नम्बर २१ का सदस्य सियाराम यादवले संचालन गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*