भीमफेदीको त्रिखण्डीमा हरिबोधिनी एकादशी मेला (तस्विरहरु)
बिहिबार कार्तिक शुक्ल एकादशी अर्थात्, हरिबोधिनी एकादशी ।
यसदिन व्रत बसी भगवान विष्णुको प्रतीकका रुपमा तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्ने चलन छ ।

आजको दिन भगवान विष्णुको मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डीमा विशेष मेला लागेको छ । मेला परिसरमा माछा मासु र मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाईएको छ ।


एकादशीका अवसरमा बिहानै देखि भक्तजनको घुइचो लागेको थियो ।

यस्तै काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायतका भगवान विष्णुका मन्दिरहरुमा विशगेको छ । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।







