हेटौंडामा पनि छठ पर्वको तयारी तिव्र

५० हजारबढी श्रद्धालुले छठ पूजा अवलोकन गर्ने आँकलन
छहारी संवाददाता
मंसिर २, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि छठ पर्वको तयारी करिब पुरा भएको छ ।

तराईमा बस्ने हिन्दूहरूले अत्यन्तै महत्वका साथ मनाउने छठ पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती खोला तटमा व्रतालुहरुका लागि पूजास्थल पण्डाल निर्माणको कार्य भइरहेको छठ पुजा समारोह सचिवालयका संयोजक नन्दलाल दासले जानकारी दिनुभयो ।

उहाँले यसवर्ष करीब ६ सय ५० फिट लामो पण्डाल निर्माण गरिएको जानकारी दिनुभयो । यसवर्ष ५० हजारबढी श्रद्धालु भत्तजनले छठ पूजा अवलोकन गर्ने आँकलन गरिएको संयोजक दासले बताउनुभयो । छठ पूजा स्थलमा आकस्मिक स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितको टोली परिचालन हुने पनि उहाँले बताउनुभयो ।

संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुरले २०७२ सालदेखि छठ पुजाको व्यवस्थापन गर्दै आएको हो । छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरू भएको छ । छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको विधिवत समापन गरिन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*