यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज लक्ष्मीपूजा गरिँदै

छहारी संवाददाता
कार्तिक २६, २०८०

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज लक्ष्मीपूजा । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ ।

आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर साँझ लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*