नक्कली नेपाली नोटसहित रोतोमाटेबाट एक जना पक्राउ
मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा–६ का ३० वर्षका देवराज चौलागाईलाई ५ सय दरका २० थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
हेटौंडा बजारबाट हेटौंडा १५ नयाँवस्तीतर्फ जाँदै गरेको प्र २–०३–००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट नेपाली नक्कली रुपैयाँ ५ सय दरका २० थान नोट बरामद भएको प्रहरीले जनाएको छ र। चौलागाई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







