राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको नेतृत्वमा घलान

छहारी संवाददाता
कार्तिक २२, २०८०

राष्ट्रिय खिष्टियन महासंघ मकवानपुरको नेतृत्वमा पाष्टर नवराज घलान सर्वसम्मत चयन भएका छन् । बुधबार हेटौंडामा भएको जिल्ला अधिवेशनले घलानलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

यसैगरि, उपाध्यक्षमा पाष्टर नविन आले मगर, निर्मला हिमडुङ, मिरा स्याङतान चयन भएका छन् । सचिवमा मिनबहादुर सिंतान, कोषाध्यक्षमा पाष्टर विरबल पाख्रिन, सहसचिवमा पाष्टर महेश दोङ चयन भएका छन् ।

यसैगरि, सदस्यहरुमा सुनिता राई, पाष्टर राजेन्द्र घिमिरे, पाष्टर रामकुमार मगर, पाष्टर नगेन्द्र मोक्तान, विष्णुमाया थपलिया, पाष्टर धावा लामा, पाष्टर पूर्ण लामा चयन भएका छन् ।

यस्तै, पाष्टर दिलबहादुर पाख्रिन, पाष्टर कृष्णबहादुर बस्नेत, अञ्जना चिमोरिया, पाष्टर रोशन प्रजा, लोकबहादुर विक, पाष्टर आमोश कार्की, पाष्टर लक्ष्मि तितुङसहित २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको अधिवेशन पाष्टर मोमलाल दोङको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*