यसवर्षको तिहार कात्तिक २५ गतेदेखि सुरु हुने

भाइटिकाको साइत कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा
छहारी संवाददाता
कार्तिक २१, २०८०

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटिका यसवर्ष कार्तिक २९ गते परेको छ ।

कार्तिक २९ गते बुधबार भाइटिकाको साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

यद्यपी भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ हुने समितीका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनुभयो । यसवर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*