कृषि क्षेत्रमा राखेको लक्ष्य पुरा हुन सकेनः बागमती प्रदेशका कृषिमन्त्री श्रेष्ठ
बागमती प्रदेशको कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषि क्षेत्रमा राखेको लक्ष्य पुरा गर्न नसकेको बताउनु भएको छ ।
सोमबार तथ्याङ्क कार्यालयको प्रदेश स्तरीय कृषि गणना २०७८ को नतिजा सार्वजनिक कार्यक्रममा उहाँले कृषकलाई कृषिमा टिकाउन सरकार गम्भीर भएर लाग्नु पर्ने उल्लेख गर्नुभयो ।
कृषि गणनाले रासायनीक मलको तथ्याङ्कलाई समेटेको तर प्राङ्गारीक मलको कुरा नसमेटको बताउर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा प्राङ्गारीक मल खेर गईरहेको दाबी गर्नु भयो ।
सार्वजनीक गरीएको कृषि गणनामा बागमती प्रदेशमा ६ लाख ६८ हजार परिवार कृषिमा संलग्न रहेको र २ लाख ८२ हजार हेक्टर जमीनमा कृषि गरीएको उल्लेख छ ।
यस्तै मकवानपुरको १ लाख ५ हजार जनसंख्या मध्ये ६७ हजार कृषक रहेको साथै ६७ हजार जनसख्या कृषी पेशामा संलग्न रहेको उल्लेख गरीएको छ । कृषि गणना २०६८ को तुलमा यो पटक सम्म आईपुग्दा हिमाली क्षेत्रमा ० दशमलब २ पहाडमा ७ दशमलब ७ तराईमा ९ दशमलब ४ प्रतिशतले कृषकको संख्यामा बृद्धि भएको सार्वजनीक गरीएको कृषी गणनामा उल्लेख छ ।







