हेटौंडा लेडी जेसिजको ‘जेसिज सप्ताह २०२३’ बुधबारदेखि सुरु हुने

छहारी संवाददाता
कार्तिक १४, २०८०

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह २०२३ बुधबारदेखि सुरु हुने भएको छ ।

हेटौंडा लेडी जेसिजले मंगलबार पत्रकार सम्मेलन गरी कार्तिक १५ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गरी जेसिज सप्ताह मनाउन लागेको जानकारी दिएको हो ।

जेसिज सप्ताह अन्तर्गत बुधबार बिहान सलोनी बाटाजुको संयोजकत्वमा नेपाल रेडक्रस ब्लड बैंकमा रक्तदान कार्यक्रम हुनेछ । यस्तै बुधबार नै पवित्रा गुरुङको संयोजकत्वमा हेटौंडा क्याम्पसमा स्वर्गिय बुद्धरत्न शाक्य स्मृत्ति खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ ।

जेसिज सप्ताह अन्तर्गत कार्तिक १६ गते कुमारी लामाको संयोजकत्वमा ओम वृद्धाश्रममा खाद्यान्न वितरण र रन्जु पुडासैनीको संयोजकत्वमा बैठक संचालन प्रणाली तालिम आयोजना हुनेछ ।

यस्तै १७ गते पुजा बस्नेत लामाको संयोजकत्वमा शितलमहल चोकबाट स्लो स्कुटी रेस आयोजना हुनेछ । यस्तै १७ गते नै कुसु पंणितको संयोजकत्वमा श्री प्रावि चकरीमा स्वर्गिय वासु प्रसाद पौडेलको स्मृतिमा शैक्षिक सामग्री हस्तान्रतण गरिने आयोजकले जनाएको छ ।

यस्तै १८ गते बिहान मोनिका पौडेलको संयोजकत्वमा हेटौडा ५ मा रहेको हाम्रो घरलाई सरसफाइ सामग्री हस्तान्तरण गरीने तथा १८ गते नै साँझ इन्दिरा बानियाँको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम समापन समारोह गरिने आयोजक हेटौंडा लेडी जेसिजले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*