लागूऔषध र नगद ८ लाख सहित पाँचजना पक्राउ

छहारी संवाददाता
अशोज २१, २०८०

जिल्ला प्रहरी कार्यालय मकवानपरले लागूऔषध र ८ लाख नगद सहित पाँच जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–६ प्रतापपुरबाट नगद ८ लाख रुपैयाँ र प्रतिबन्धित लागूऔषध ओनरेक्स ६०२ बोतल सहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जीतबहादुर चापागाइंलाई सार्वजनिक गरेको हो ।

प्रहरीले लागुऔषध कारोबारमा प्रयोग गरेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । साथै उनीहरुको साथबाट २० ग्राम चरेस समेत फेला पारेको प्रहरी प्रमख सीताराम रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*