मकवानपुरको ४ स्थानमा नागरिक सहायता कक्ष
जिल्ला प्रहरी कार्यालय मकवानपुरले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराध रोकथाम तथा यात्रुलाई सुरक्षा प्रत्याभूती दिने उद्देश्यले जिल्लाको ४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
हेटौंडा–१५ रातोमाटेमा एम्बुलेन्स सुविधा सहितको सहायता कक्ष सञ्चालन गरिएको छ । त्यस्तै, हेटौंडा ११ भनाभ¥याङ, हेटौंडा –१० बसपार्क र हेटौंडा १ पिपलबोट क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको छ । झै–झगडा, लुटपाट, चोरी जस्ता आपराधिक घटना हुन नदिन सहायता कक्षले मद्दत गर्ने मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले बताउनुभयो ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतीमा सवारी चलाउने, बढी भाडा असुल गर्ने लगायतका कार्य रोक्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न ८ सय १७ प्रहरी खटिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै प्रहरीले सार्वजनिक यातायातका साधनमा आरक्षण स्टिकर समेत टाँसेको छ ।







