चाडपर्व नजिकिएसंगै बजार अनुगमन सुरु
चाडपर्व नजिकिएसंगै मकवानपुर प्रशासनले बजार अनुगमन सुरु गरेको छ ।
चाडपर्वको मौका छोपी व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्न सक्ने भन्दै प्रशासनले अनुगमन थालेको हो । आइतबार जिल्ला प्रशासन कार्यलय मकवानपुर, हेटौंडा उपमहानगरपालि र वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विरगन्जको एक टोलीले संयुक्त रुपमा हेटौंडा बजार क्षेत्र अनुगमन गरेको हो ।
बजार क्षेत्रका कपडा पसल, खाद्यन्न स्टोर्स, रंग पसल लगायतमा अनुगमन गर्दा खरिद विल नहुने, व्यवसया दर्ता नविकरण नगरिएको जस्ता समस्या देखीएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विरगन्जका निमित्त कार्यालय प्रमुख सुरेश कुमार रेग्मीले बताउनु भयो ।
प्रमुख रेग्मीले बजार अनुगमनलाई चाडपर्व लक्षित मात्र नगरेर अझ प्रभावकारी ढंगले निरन्तरता दिईनुपर्ने बताउनुभयो ।







