लेखराज पोखरेल, बागमती प्रदेश उद्योग परिसंघको अध्यक्ष चयन
लेखराज पोखरेलको अध्यक्षतामा बागमती प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार हेटौंडामा आयोजित प्रदेश उद्योग परिसंघका दोस्रो साधारणसभा तथा अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागत राज प्याकुरेल, दिवश न्यौपाने, सूर्य प्रसाद न्यौपाने चयन हुनुभएको छ ।
यस्तै परिसंघको सदस्यहरुमा बद्रिनाथ शर्मा, सुयश राज पराजुली, श्रीहरि मास्के, धिरज कुमार कार्की क्षेत्री, शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्र बहादुर बानियाँ, दिवश चौलागाईं, सुदर्शन अधीकारी चयन हुनु भएको छ ।
उद्योग परिसंघको पदेन सदस्यहरुमा बलराम अधिकारी (सिन्धुली), राजाराम अधिकारी (नुवाकोट), चन्दना कोइराला (महिला उद्यमी मञ्च), अमर घिमिरे (युवा उद्यमी मञ्च) रहनु भएको छ ।
यस्तै कार्यक्रममा बागमती प्रदेश महिला उद्यमी मञ्च गठन गरिएको छ । मञ्चको संयोजकमा चन्दना कोइराला चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा सिर्जना सोती, कविता श्रेष्ठ, सबिना सडौला, सीता धिताल अधिकारी रहनु भएको छ ।
त्यस्तै, बागमती प्रदेश यूवा उद्यमी मञ्चको संयोजकमा अमर घिमिरे चयन हुनु भएको छ । सदस्यहरुमा भने सुरेन्द्र कार्की, रविन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल, आश्विन गोले चयन हुनु भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष भेषराज दवाडीको सभाध्यक्षमा सभा र अधिवेसन सम्पन्न भएको हो ।







