हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय भवनको औपचारिक उद्घाटन
६ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ ।
वडा कार्यालय भवनको बिहिबार हेटौंडा उप महानगरपालिकाका मेयर मिना कुमारी लामाले शुक्रबार औपचारिक उद्घाटन गर्नु भएको हो । हेटौंडा उप महानगरपालिकाको ७० लाख रुपैया लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले उपलब्ध गराएको २ कठ्ठा जग्गामा ६ कोठे भवन निर्माण भएको वडा सचिव रामलाल थिङले जानकारी दिनुभयो । १२ नम्बर वडाका कार्यबहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।







