आफुहरुमाथि कुटपिटको घटना बढीरहँदा पनि सरकार निरिह बन्योः स्वास्थ्यकर्मी
आफुहरुमाथि कुटपिटको घटना बढीरहँदा पनि सरकार निरिह बनेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु थप आन्दोलित भएका छन् ।
पछिल्लो पटक भदौं २७ गते हेटौंडा १ मा संचालित सञ्चो हस्पिटलका दुई जना चिकित्सकमाथी भएको कुटपिटको घटनापछि देशभरी नै यस्ता घटना बढीरहेको छ ।
शुक्रबार पनि देशभरी जस्तै मकवानपुरका चिकित्सकहरुले दोषीलाई कानुनी कार्वाहीको माग गर्दै स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग माग गरे । उनिहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।
आफुहरुमाथी श्रृखंलाबद्ध रुपमा आक्रमण भइरहदाँ पनि सरकार निरिह बनेको उनिहरुको आरोप छ । सरकार निरिह भएकै कारण पछिल्लो दुई साता भित्र देशका विभिन्न अस्पतालमा कार्यरत १४ जना चिकित्सकमाथी कुटपिटको घटना भएको उनिहरुको बुझाइ छ ।
श्रृखंलाबद्ध रुपमा भएको आक्रमणले आफुहरुलाई हतोत्साही बनाएको भन्दै सेवा दिन सक्ने वातावरण नभएको चिकित्सकहरुले बताए । यसको जिम्मा सरकारले लिनुपर्ने उनिहरुको भनाई छ । देशभरका चिकित्सकहरु शनिवार पनि काठमाडौंको माइतीघर मण्डलामा भेला भइ सरकारलाई खबरदारी गर्ने उनिहरुको योजना छ ।
चिकित्सकमाथीको आक्रमणले उनिहरुलाई त हतोत्साही बनाएको छ नै सर्वसाधरण समेत मारमा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण उपचारबाट बन्चित हुनु पर्ने अवस्था आउन सक्ने भन्दै सर्वसाधरण पनि सरकारले चिकित्सकलाई न्याए दिनुपर्ने माग गरिरहेका छन् ।
जनतासंगा प्रत्येक्ष सरोकार राख्ने विषय स्वास्थ्य हो । यहि क्षेत्र यतिबेला सडकमा छ । आन्दोलनमा छ । जसका कारण सर्वसाधरणले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवा समेत नपाउने स्थिती बनेको छ । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरोकारवाला सबै समयमै संवेदनशिल नभए भयावह स्थिती आउने छ ।







