८ सय ५५ बोतल मदिरा सहित ५ जना प्रहरीको नियन्त्रणमा

छहारी संवाददाता
अशोज ७, २०८०

मकवानपुर प्रहरीले हेटौंडा १५ रातोमाटेबाट ८ सय ५५ बोतल मदिरा सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर दुई ओटा कारमा ल्याएको अबैध मदिरासहित पक्राउ परेका ५ जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । चितवनबाट हेटौंडा हुँदै बारा लैजान लागिएको डिएल २ सी ए के ७२७३ नम्बरको भारतीय कारबाट मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी रातोमाटे र जिप्रका मकवानपुरबाट खटिएको टोलीले शनिबार हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट रोलय ग्रीन मदिरा ३७५ एमएलको ३२५ वटा र १८० एमएलको ८४ वटा गरी कुल ४०९ बोत्तल सहित तीन जनालाई पक्राउ गरेको हो ।

सोधपुछ गर्दा मदिराको राजस्व छली गरेको पाईएपछि कार चालक भारतीय नागरीक २८ वर्षका कुनाल, कारमा सवार भारतीय नागरीक ३१ वर्षका नहिम र ३७ वर्षका राजुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार हेटौंडा–१५ रातोमाटेबाट नै रोयल ग्रिन नामक रक्सी ३७५ एम एलको ३९० वटा र १८० एमएलको ५६ वटा सहित प्रहरीले भारतिय नागरिक २७ वर्षका बिक्की र कारमा सवार सोही स्थान बस्ने २५ वर्षका राहुल कुमारलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*