राजनिती होइन अब आर्थिक विषय प्रमुख हुनेपर्छः मन्त्री चित्रकार
बागमती प्रदेशको उद्योग वाणिज्य भूमी तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले राजनितीको विषयमा धेरै कुरा भएकाले अब आर्थिक विषय प्रमुख हुनुपर्ने बताउनु भएको छ ।
बिहिबार हेटौंडामा आयोजित प्रथम हस्तकला प्रवद्र्धन मेला २०८० को समापन कार्यक्रममा उहाँले आर्थिक विषय, समृद्धीको विषय र जनताको प्रत्येक्ष सरोकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
मन्त्री चित्रकारले हस्तकला संस्कृति र सम्पदासंग जोडिएको विषय भएकाले अब बागमती प्रदेशको अर्थतन्त्रको मेरुदण्ड हस्तकलालाई बनाउन व्यवसायीक ढंगले सोच्नु पर्ने बेला आएको बताउनुभयो ।
औद्योगिक विकास एवं हस्तकला प्रवद्र्धनमा प्रदेश सरकारले गम्भिर भएर सोचिरहेको भन्दै उहाँले केहि समयदेखि थन्केर रहेको हस्तकला ग्राम सम्बन्धि विधयेक आगामी मन्त्रीपरिषद्मा छलफलका लागि लैजाने तयारीमा रहेको बताउनुभयो ।
बुधबारबाट बागमती प्रदेश हस्तकला संघ काठमाडौंको आयोजना तथा उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको प्रबद्र्धनमा मेला सुरु भएको थियो ।
मेलामा हातबाट बनाइएका ढाकाका टोपी, खादा, जुत्ता व्याग तथा नेपाली कागजबाट बनाइएका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । यस्तै परालको सुकुल, खोस्टाको चकटी लगायतका समग्री प्रत्यक्ष रुपमा बनाएर देखाइएको थियो ।
हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा भएको प्रदर्शनीमा प्रदेशका १३ जिल्लाको सहभागिता रहेको थियो । प्रदर्शनीमा प्रस्तक कला, धातुकला, काष्ठ कला, चांदीका गरगहना, चित्रकला, धातुको बाघचाल लगायत हस्तकलाका २१ वटा स्टल राखिएका थिए ।
संविधान दिवस २०८० को अवसर पारेर आयोजना गरिएको मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्त रुपमा उद्द्घाटन गर्नु भएको थियो ।








