काठमाण्डौंमा जेष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी हुने

छहारी संवाददाता
अशोज ४, २०८०

काठमाण्डौंको हनुमानढोका डवलीमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आगामी असोज १३ गते शनिबार ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गर्न लागिएको हो । “सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे विश्वव्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गर्न लागिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा हुन लागेको प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारहरुले खिचेका तस्वीर पठाउन आह्वान गर्ने र प्राप्त भएका तस्वीरहरु मध्येबाट करिब १०० वटा तस्वीरहरु प्रर्दशनी गरिने कार्यक्रम संयोजक संयोजक गणेश बिष्टले बताउनुभयो ।

हाल विश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ ।

जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा राखिने तस्वीरहरुले हालको नयाँ पुस्तालाई उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।

यस्ता तस्वीर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता र दुःखीपन कम गर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।

जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको संस्था एजिङ नेपाल र देशभरका फोटो पत्रकार हरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा हुने जेष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनीमा आफुले खिचेका उत्कृष्ठ सन्देशमूलक तस्वीरहरु पठाउन अयोजकले सम्पूर्ण फोटो पत्रकारहरुलाई अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*