पदमपोखरीको नाम लिएर सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिनेलाई कार्वाहीको माग

छहारी संवाददाता
२ आश्विन २०८०, मंगलवार २१:५५

सामाजिक सद्भाव बिथोल्ने खालको अभिव्यक्ति दिनेलाई कार्वाहीको माग गर्दै हेटौंडाको पदमपोखरीका बासिन्दाले ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले केहिदिन अघि सञ्चो अस्पतालका दुई जना चिकित्सक माथि भएको कुटपिटको विषयलाई लिएर सामाजिक सञ्जालमा क्षेत्रीय द्वेष निम्त्याउने खालका अभिव्यक्ति दिएको प्रति आपत्ती जनाएका छन् ।

मंगलबार बिहान पदमपोखरीमा भएको भेलाले संघर्ष समिती गठन गरी समिती मार्फत जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२, १३ र १४ का स्थानीयले संघर्ष समिति गठन गरेका हुन ।

घटनाको सत्यतथ्य छानबिन गरी स्व. राजेश प्रधानको परिवारलाई यथासिघ्र रिहाईको माग गर्दै शान्तिपुर्ण र्यालीसमेत निकालिएको थियो । र्यालीले बजार क्षेत्रको परिक्रमा गर्दैै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा सामाजिक सञ्जालमा भौगोलिक, क्षेत्रीय, जातीय तथा सामाजिक सद्भावमा खलल पु¥याउने अभिव्यक्ति दिनेलाई कानुन बमोजिम कार्वाही तथा स्व. प्रधानको सपरिवारलाई निशर्त रिहा गर्न माग गरिएको छ ।

पदमपोखरीबासीले वृद्ध आमाको रोदन कहिलेसम्म, सरकारले सत्यतथ्य छानविन गर लगायतका प्लेकाड बोकेर शान्तिपुर्ण र्याली गरेका थिए । प्रधानको निधनले मानसिक तनावमा रहेको परिवारका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानकी आमा थप पीडामा पर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*