बागमती प्रदेशमै उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरु पुरस्कृत

छहारी संवाददाता
२ आश्विन २०८०, मंगलवार १४:३४

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । दिवसका अवसरमा बागमती प्रदेशमै उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट मध्येमा प्रथम भक्तपुरको मेधा माध्यमिक विद्यालय, दोस्रो नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय तेस्रो काठमाण्डौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय, चौथो काठमाण्डौंकै पृथ्वी नारायण माध्यमिक विद्यालय र पाँचौ काठमाण्डौंकै बलम्बु माध्यमिक विद्यालय भएका छन् ।

यी सबै विद्यालयलाई मंगलबार शिक्षा दिवसका अवसर पारेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टे र सामाजिक विकासमन्त्री कुमारी मोक्तानले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

यस्तै संस्थागत विद्यालय तर्फ काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको रिलायन्स इन्टरनेसनल एकेडेमी प्रथम, काठमाण्डौं बालुवाटारको हिज किङ्स इन्टरनेस्नल स्कुल दोस्रो, काठमाण्डौं टोखा नगरपालिकाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय तेस्रो भएका छन् । यी सबै विद्यालयलाई पनि नगद सहित पुरस्कृत गरिएको छ ।

मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयहरुलाई उत्कृष्टताका आधारमा छनौट गरेर पुरस्कृत गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*