वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने कांग्रेस नेता कोइरालाको भनाई

छहारी संवाददाता
२४ भाद्र २०८०, आईतवार १७:३३

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताउनु भएको छ ।

११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा९११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आउनु भएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नु पर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गर्नुभयो ।

कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याउनुभयो । कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविक रुपमा सरकारको नेतृत्व गर्न पाउनु पर्ने उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*