न्याय सम्पादनमा मुख्य न्यायधिवक्ताको कार्यालय दत्तचित्त भएर लाग्ने बागमती प्रदेश प्रमुख शर्माको विश्वास

छहारी संवाददाता
भदौ २४, २०८०

बागमती प्रदेशका मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बार्षिक प्रतिवेदन बुझाउनु भएको छ ।

मुख्य न्यायाधिवक्ता नेपालले आइतबार प्रदेश प्रमुख शर्मालाई गत आर्थिक वर्ष ०७९/८० मा मुख्य न्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन बुझाउनु भएको हो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले मुख्य न्यायधिवक्ताको कार्यालय मार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको काम कारवाहीको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायधिवक्ता कार्यालय लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*