हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधरण सभा सम्पन्न

छहारी संवाददाता
भदौ २३, २०८०

हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

शनिबार हेटौंडामा कार्यक्रमको आयोजना गरी सहकारीले वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरेको हो । सहकारीले आर्थिक वर्ष २०७९/८० मा ६७ करोड, ५५ लाख रुपैयाको कारोबार लक्ष्य राखेकोमा ६५ करोड, ४७ लाख, ९० हजार ३ सय ३४ रुपैया ७९ पैसाको मात्रै कारोबार गरेको जनाएको छ ।

पछिल्लो समय सहकारी प्रति बढेको अविश्वासका कारण लक्ष्य अनुरुप कारोबार गर्न नसकोको हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी प्रसाद पौडेलले बताउनुभयो । सहकारीले आगामी आर्थिक वर्षमा ७३ करोड ३३ लाख ६५ हजार कारोबार लक्ष्य राखेको छ । सहकारीले विभिन्न शिर्षकमा आफ्ना ७ जना सेयर सदस्य र एक जना कर्मचारीलाई सम्मानित समेत गरेको छ ।

जसमा जेष्ठ सदस्यमा पुरुष तर्फ दिलानाथ नेपाल, महिला तर्फ भक्तकुमारी खड्का, नियमित तथा उत्कृष्ट बचतमा कल्पना देवी दाहाल, गोविन्द बहादुर थापा, नियमित तथा असल ऋणिमा भेष बहादुर घले र वसन्त बहादुर दर्लामी यस्तै उत्कृष्ट कर्मचारी विजय दोगंलाई सम्मान गरेको हो । साथै सहकारीले आफ्ना सेयर सदस्यका ६ जना एसइइ र प्लस टुमा उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई पनि सम्मान गरेको छ ।

बागमती प्रदेश एवं जिल्ला सहकारी संघका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत सहकारीका उपाध्यक्ष मिना चौरेल लगायतको उपस्थिती रहेको सहकारीका सचिव केशव प्रसाद धितालले जानकारी दिनुभयो । कार्यक्रम हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*