पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ‘फिचर सङ्गालो’ विमोचन
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको ‘फिचर सङ्गालो’ पुस्तक आज हेटौंडामा विमोचन गरिएको छ ।
पुस्तक बिमोचन तथा सामाग्री हस्तान्तरण कार्यक्रमकामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले फिचर लेखन, खोज समाचार लेखन गर्नेहरुलाई काम गरेर पारिश्रमिक पाइन भन्ने समस्या नहुने बताउनुभयो । उहाँले पत्रकार सदस्यता सुद्धीकरण अभियान निरन्तर चलिरहने बताउनुभयो ।
फिचर संगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचारहरु रहेका छन् । खण्ड क र खण्ड ख गरी दुई भागमा विभाजन गरिएको फिचर संगालो २०० पृष्ठको छ ।
महासंघ मकवानपुर शाखाले आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेती, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एंव वडा १ का अध्यक्ष सविन न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु भानुभक्त आचार्य, राममणि दाहाल, हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई प्रोजेक्टर र प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । फिचर सङ्गालो पुस्तक विमोचन तथा सामाग्री हस्तान्तरण कार्यक्रम महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो ।







