करीब ४ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ
मकवानपुर प्रहरीले करीब ४ किलो लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १५ रातोमाट प्रहरी चौकीमा चितवन बाट बिरगंज जाँदै गरेको बा ४ ख ५९३७ नम्बरको मिनी बस चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध गाजाँ बरामद भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी ९ बजे बसमा सवार व्यक्तिलाई चेकजाँच गर्दा प्रहरीले ३ किलो ६०० ग्राम लागु औषध गाँजा बरामद गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ बस्ने ५६ वर्षका शिवनाथ सहनि र ४५ वर्षका मदन सहनी रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले छातिको वरीपरी डोरीले बाधेर गाँजा ल्याएको प्रहरीको भनाई छ । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।







