अनियमितता प्रमाणित भए पार्टी अध्यक्षलाई समेत उन्मुक्ति मिल्दैनः माओवादी केन्द्रका उपमहासचिव शर्मा

छहारी संवाददाता
१२ भाद्र २०८०, मंगलवार १७:१६

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकार ललिता निवासदेखि सुनकाण्ड समेतको विषयमा गम्भिर रहेको बताउनु भएको छ । उहाँले भ्रष्ट्राचारमुक्त मुलुक निर्माणको लागि माओवादी नेतृत्व तयार रहेको जिकिर गर्नुभयो ।

मंगलबार प्रेस सेन्टर नेपाल, मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष प्रचण्ड स्वयमले आफुले कुनै अनियमितता गरेको प्रमाणित भए कानुनको दायरामा आउने बताएको भन्दै सरकारको नेतृत्व गरेको पार्टी भन्दैमा कसैलाई उन्मुक्ति नमिल्ने बताउनुभयो ।

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको समेत नाम मुछिएको प्रति लक्ष्ति गर्दै पूर्व अर्थमन्त्री शर्माले प्रमाणित भए कारबाहीको भागेदार हुने दाबी गर्नुभयो । शर्माले सरकारले अनियमिताको विषयमा गम्भिर भएर काम गरेको भन्दै अनियमिततामा संलग्न जोसुकै पनि कारबाहीको दायरामा आउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

राज्यको रुपान्तरणको लागि सबैको छानबिन हुन अत्यावश्यक भैसकेको भन्दै उहाँले विशेष आयोग गठन गरेर सबै नेताहरुको छानविन गर्नु जरुरी रहेको औंल्याउनुभयो ।

माओवादी केन्द्रका नेताहरु सहर केन्द्रीत भए भन्ने जनगुनासो आएको स्किार गर्दै पूर्व अर्थमन्त्री शर्माले जनताको घरघरमा गएर गुनासो सुन्नका लागि पार्टीले तीन महिने अभियान सुरु गरेको बताउनुभयो ।

अब पार्टी अध्यक्ष प्रचण्ड सहित सबै नेताहरु वडा स्तरमा गएर जनताको माझमा माओवादीले गरेको काम र गर्नुपर्ने कुराहरुको बृहत अन्तरक्रिया गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*