यहि भदौ १४, १५ र १६ गते नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम हुने

छहारी संवाददाता
भदौ ११, २०८०

नवोदय शिशु सदन इङ्गिलस सेकेन्डरी स्कुलले नवोदय मुन (मोडेल युनाइटेड नेशन्स) अर्थात नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम गर्ने भएको छ । स्कुलले सोमबार पत्रकार सम्मेलन गरी यहि भदौ १४, १५ र १६ गते कार्यक्रम गर्ने जानकारी दिएको छ ।

विद्यार्थीहरुको नेतृत्व, व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्य, वादविवाद लगायत अन्तरनिहित प्रतिभाको उजागर गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको नवोदय नमुना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिनुभयो ।

यस कार्यक्रममा विद्यार्थीहरुले कुटनिती, अन्तराष्ट्रिय सम्बन्ध र बिभिन्न देशहरुका संयुक्त राष्ट्र प्रतिनिधीहरुका बारेमा सिक्ने अवसर प्राप्त गर्ने महासचिव खनालले बताउनुभयो ।

नवोदय नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रममा हेटौंडा उपमहानगरका मकवानपुर बालविद्या सदन र कमाने एकेडेमिको सहभागी रहनेछ भने बाहिरी जिल्लाबाट चितवनको अर्किड स्कुल, नवलपरासीको गैंडाकोट स्कुल, बुटवलको एपेक्स स्कुलको सहभागिता रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*