राप्ति खोलामा एक पुरुषको शव फेला

छहारी संवाददाता
भदौ ९, २०८०

हेटौंडा–११ सिमलटार स्थित राप्ति खोलामा एक पुरुषको शव फेला परेको छ ।

बनिबार दिउासो राप्ति खोलामा डुबेको अवस्थामा एक पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव हेटौंडा–११ थानाभर्याङ का ४५ वर्षका कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

कुमार भारतीकी श्रीमतीले शबको सनाखत गर्नु भएमको थियो । शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । स्थानीयले पानीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*