हेटौंडाका नागरिकलाई राज्य भएको महसुस गराउनु पर्यो: सांसद कसांकार

छहारी संवाददाता
भदौ ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् विन्दवासिनी कसांकारले सडक डिभिजन कार्यालय हेटौंडा निरङकुश शैलीमा अगाडि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसद् कसंकारले सर्वोच्च अदालतले समेत मुआब्जा दिएर सडक विस्तार गर्न फैसला गरेपनि सडक डिभिजन कार्यालय जनतालाई सुकुम्वासी बनाउन लागिपरेको टिप्पणी गर्नुभयो । विकासको नाममा व्यक्तिको निजी सम्पत्तिमा जबरजस्ती गर्न नमिल्ने उहाँले बताउनुभयो ।

हेटौंडाको मूख्य बजारका घरधनी र व्यवसायी चिन्तित अवस्थामा रहेको बताउँदै राज्य हेटौंडाका नागरिकको पनि भएको महसुस गराउनु पर्ने बताउनुभयो ।

सांसद कसांकारले सरकारले वर्षौ देखि बसोबास गर्दै आएका लालपुर्जा भएकालाई विकासका नाममा विस्थापित गर्न नमिल्ने भन्दै अन्यायपुर्ण कदम रोक्न माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*