तीर्थयात्री बोकेको बस चुरियामाईमा दुर्घटना, ७ जनाको मृत्यु, १९ जना घाइते
बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
१९ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको बस राती करीब सवा २ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अम्लेखगंज जानकारी दिएको छ ।
दुर्घटनामा भारत राजस्थानका अन्दाजी ६७ वर्षका बहादुर सिंह, ६० वर्षकी सत्यवती, ७० वर्षका राजेन्द्र चतुरबेदी, ६५ वर्षका श्रीकान्त चतुरबेदी, ६७ वर्षकी बैजन्ती देवी, ६५ वर्षकी मिरा देबी र महोत्तरी लोहारपट्टी नगरपालिका ५ का अन्दाजी ४१ वर्षका बिजय लाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट जनकपुरका लागि छुटेको मधेश प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस सडकबाट तल झरेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाको छ । बसमा चालक सहित २९ जना सवार थिए ।
दुर्घटना पश्चात फरार भएका बसका चालक, सहचालक र अर्का एक जनालाई जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।








