हेटौंडा १८ ठुलो दमारमा निर्माण भएको प्रहरी चौकीको उद्घाटन
हेटौंडा १८ ठुलो दमारमा निर्माण भएको प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
नव निर्मित प्रहरी चौकीको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन् गर्नुभएको हो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा प्रहरी चौकि निर्माण गरिएको हो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणा, हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ लगायतको उपस्थिती रहेको थियो ।







