धादिङको त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, १६ जना घाइते

छहारी संवाददाता
भदौ ६, २०८०

धादिङको त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

काठमाण्डौबाट पोखराका लागि छुटेको बस धादिङको त्रिसुली नदिमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको उहाँले बताउनुभयो ।

ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष रहेका छन् । गाडीमा कति यात्रु थिए भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*