लघुकथा चौतारीको ‘लघुकथा सुन्ने सुनाउने अभियान’को चौथो शृङ्खला सम्पन्न

छहारी संवाददाता
भदौ ५, २०८०

लघुकथा चौतारी मकवानपुरको सुन्ने सुनाउने अभियान सुरु भएको छ । लघुकथा उन्नयन र सामाजीक चेतना अभिवृद्धिका लागि लघुकथा चौतारी मकवानपुरले यो अभियान सुरु गरेको हो । लघुकथा चौतारीको लघुकथा सुन्ने सुनाउने अभियानको यो चौथो शृङ्खला हो ।

लघुकथा दिवसको सन्दर्भमा मंगलबार हेटौंडा ४ चिल्ड्रेन पार्कमा रहेको पुस्तकालयमा लघुकथा वाचन तथा पुरस्कार समर्पण कार्याक्रमको आयोजना गरि अभियान सुरु गरिएको हो । लघुकथा चौतारी मकवानपुरका संयोजक किसन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माधव पोख्रेलको प्रमुख आतिथ्यता एवं झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष नियात्राकार रमेश मोहन अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लघु कथाकार मुना अर्याल र गणेश श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, चिल्ड्रेनपार्क टोल विकास समितिका अध्यक्ष एवम् मुक्तककार गणेशकुमार श्रेष्ठ, महाकाव्यकार मुना धिताल, लघुकथाकार अनन्तराज उपाध्याय, साहित्यकार राम कुमार बिस्ट अङ्कल , समाजसेवी बद्री लम्साल, नाटककार एवम् लघुकथाकार समीर पाख्रिन, मुक्तककार सुवास सजल, मिथिला अधिकारी, भोला फुयाँल लगायतको सृजनशील बाल समूहका भाइ बहिनीहरूको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*