सवारी साधन कार्बाहीबाट २६ करोड बढी जरिवाना रकम संकलन: बगमती प्रदेश

छहारी संवाददाता
साउन २५, २०८०

बागमती प्रदेशमा सवारी साधन कार्बाहीबाट २६ करोड रुपैयाँ भन्दा बडी जरिवाना रकम संकलन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तरगत काठमाण्डौं उपत्यका भन्दा बाहेकका १० जिल्लाबाट बितेको आर्थिक वर्षमा सवारीका साधनलाई कार्बाही गरेवापत २६ करोड ३६ लाख ८३ हजार ५०० सय रुपैयाँ रकम संकलन गरेको छ ।

बितेको आर्थिक वर्ष २०७९–०८० मा २ लाख ९१ हजार २९३ वटा सवारीका साधनलाई बार्कही गरेर यतीका धेरै रकम राजश्व संकलन गरिएको हो । ट्राफिक नियम उलंघन गरेर सवारी चलाए वापत यो रकम संकलन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा बागमती प्रदेशका १० जिल्लामा २ लाख ५० हजार ९ वटा सवारीका साधनलाई कार्बाही गरेवापत २४ करोड १ लाख ७० हजार रुपैयाँ राजश्व रकम संकलन गरिएको थियो । तर, यसको तुलनामा बितेको आर्थिक वर्षमा धेरै रकम राजश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी कार्यालयहरुले बताएका छन् । जनपत्र ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*