हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने

छहारी संवाददाता
बैशाख २९, २०८०

हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । जेसिजले शुक्रबार पत्रकार सम्मेलन मार्फत् कार्यक्रमबारे जानकारी गराएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोलि वैशाख ३० गते हेटौंडाको पिप्लेदेखि मनकामना मन्दिरसम्म साइक्लिङ प्रतियोगिता हुने भएको छ । जसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवण कुमार वर्तौलाले जानकारी दिनुभयो ।

त्यस्तै वैशाख ३१ गते हेटौंडा–४ हुप्रचौरमा रक्तदान कार्यक्रम, जेठ १ गते जेसिज वक्तित्वकला प्रतियोगिता र जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा सामान्य ज्ञान प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो ।

जेठ ३ गते मुख्य बजार क्षेत्रमा ‘स्लो बाइक’ प्रतियोगिता आयोजना गरिनुको साथै जेठ ४ गते हेटौंडा– १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको जेसिजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलाले जानकारी दिनुभयो । जेठ ५ गते समापन समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यसैबीज जेसिजले वर्ष नयाँ थप भएका २९ जना सदस्यलाई स्वागत गरेको छ । जेसिज वर्ष २०१४ का अध्यक्ष कबिन सांगामीले नयाँ सदस्यहरुलाई जेसिजमा औपचारिक स्वागत गर्नुभयो ।

सो अवसरमा हेटौंडा जेसिजका अर्का कार्यकारिणी उपाध्यक्ष विकेशलाल श्रेष्ठले जेसिज सबैको साझा र परोपकारी भावना बोकेको संस्था भएको उल्लेख गर्दै संस्थामा आवद्ध नयाँ सदस्यहरुको नेतृत्व र व्यत्तित्व विकासमा टेवा पुर्याउन पहल गरिने बताउनुभयो ।
नयाँ सदस्यहरुको आगमनले जेसिजमार्फत् जनहितका लागि हुँदै आएका गतिविधिलाई थप प्रभावकारी रुपमा अघि बढाउन प्रेरणा मिलेको बताउँदै सामाजिक अभियानलाई जनस्तरसम्म पुर्याइने उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रमलगत्तै युवालक्षित पब्लिक स्पिकिङ प्रतियोगिता आयोजना गर्न लागिएको समेत जेसिजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*