संघीयताको पक्षमा बोल्न र लड्न तयार छः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
२८ बैशाख २०८०, बिहीबार २०:२२

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताउनु भएको छ ।  ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उहाँले भन्नुभयो, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’

प्रेस सेन्टर नुवाकोटले बिहीबार गरेको प्रेस मिटमा मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘प्रदेश सरकार नरहने हो भने यो संघीयता नै रहँदैन, यो व्यवस्था रहँदैन ।’ उहाँले स्थानीय तह पनि अहिले रुपमा नरहने दाबी गर्नुभयो । । अहिले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको उहाँले बताउनुभयो । । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण निर्णयहरु, प्रदेशसँग समन्वय र सम्बन्धहरु भैराखेको छ ।’

प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेको उहाँको भनाइ छ । कृषि क्षेत्रको लगानी बढाउन र रोजगारी दिन प्रदेश सरकारले व्यक्तिलाई अनुदान नदिने, कागजी फर्महरुलाई अनुदान रोक्ने उहाँले बताउनुभयो । रासायनिक मलको लागि आफू मुख्यमन्त्री भएपछि कोटा बढाएको र जिटुजी मोडलबाट जान खोजिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*