हेटौंडा स्कुल अफ म्यानेजमेन्टलाई क्युएए मान्यता

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) मान्यता प्राप्त गरेको छ । शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, व्यवस्थित पुस्तकालय, आन्तरिक व्यवस्थापन लगायतका सूचक पार गरेको म्यानेजमेन्टलाई विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र प्रदान गरेको हो ।
६ वर्षको अथक मेहनत र प्रयासले प्राप्त गरेको उपलब्धी मकवानपुरको लागि पनि गौरवको विषय रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बताउनुभयो ।प्रिन्सीपल जोशीले प्रिन्सीपलको मात्र मेहतन नभई सबैको टिम वर्कले मान्यता पाउन सफल भएको उल्लेख गर्नुभयो ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्युएए मान्यता पाउने मकवानपुरको दोस्रो शैक्षिक संस्था हो । क्युएए मान्यता पछि क्याम्पसको लागि चूनौती पनि थपिएको प्रिन्सीपल जोशीले बताउनुभयो । यसअघि मकवानपुर बहुमुखी क्याम्पसले क्युएए मान्यता पाएको थियो । क्युएए प्राप्त गर्ने शैक्षिक संस्थाले सरकारी निकायबाट अनुदान लगायतका सुविधा पाउने गर्दछन् ।