प्रेस कार्डको दुरुपयोगको घटनाप्रति पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण

छहारी संवाददाता
२० चैत्र २०७९, सोमबार १७:५१

प्रेस कार्डको दुरुपयोग भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष मणिराज गौतमद्वारा जारी ध्यानाकर्षण पत्रमा गैर पत्रकारलाई कार्ड उपलब्ध नगराउन र यसअघि दिइएको कार्ड फिर्ता लिन सञ्चारगृहलाई आग्रह गरिएको छ ।

आवाज विहीनको आवाजका रुपमा काम गर्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीको नामका गैरकानुनी रुपमा कार्ड प्रयोग भैरहेको घटना सार्वजनिक हुँदा महासंघलाई दुख लागेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सवारी साधनमा प्रेस लेख्ने, महोत्सव मेलामा पत्रकार भन्दै कार्ड देखाउने जस्ता क्रियाकलापले सच्चा पत्रकारलाई समस्यामा पारिरहेको जनाउँदै परिचयपत्रको दुरुपयोगले पत्रकारिता पेशाको गरिमा र आस्थामाथि प्रहार भएको महासंघको ठहर छ । पत्रकारिताको आडमा हुने जुनसुकै गलत कार्यको पक्षमा महासंघ नरहेको अध्यक्ष गौतमले प्रष्ट पार्नुभएको छ ।

प्रेसपासको दुरुपयोग रोक्न छानबिन गरी तत्काल कानुनी कार्वाह गर्न सम्बन्धित निकायहरुलाई महासंघले आग्रह समेत गरेको छ । सूचनालाई अटेर गरेर गैरपत्रकारलाई परिचयपत्र सिफारिस गरेमा महासंघबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरि कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*