बागमती प्रदेशमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

छहारी संवाददाता
३ चैत्र २०७९, शुक्रबार १६:३७

बागमती प्रदेशमा  तामाङ र नेवारी (नेपाल भाषा) लाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्न ऐन निर्माण गरिने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने बताउनुभयो । बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागिएको उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने बताउनुभयो । एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो ।

समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा। गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् । बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*