वक्तृत्वकला प्रतियोगितामा जानुका दवाडी प्रथम

छहारी संवाददाता
फाल्गुन २१, २०७९

११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा आयोजित ‘हिंसा न्युनीकरणमा हाम्रो भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा–१४ का जानुका दवाडी प्रथम भएकी छन् ।

वडास्तरीय महिला सञ्जालका बिच भएको प्रतियोगितामा हेटौंडा– ७ का कमला शर्मा द्धितिय, १२ का लक्ष्मी ढुङगेल तृतिय हुँदा हेटौंडा–४ की राधिका चौलागाईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले सचेतनाका कार्यक्रम गाउँगाउँ सम्म लैजान आवश्यक रहेको बताइन् । उनले ‘८ मार्च’ महिला हिंसा बिरुद्धको दिवसलाई सप्ताह व्यापी कार्यक्रमको रुपमा मनाउँन उपमहानगरले अग्रणी भूमिका निर्वाह गर्ने भन्दै अभियानलाई नगरका वडातहसम्म लैजान अधिकारकर्मिहरुलाई सुझाब दिइन् ।

नगर स्तरीय महिला जागरण समुहका अध्यक्ष तारा ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, गैरसरकारी सस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक लगाएतले महिला बिरुद्ध हुने हिंसा न्युनिकरणमा समुदायमा शिक्षा पु¥याउन आवश्यक रहेको बताएका थिए ।

 

प्रतियोगितामा उपमहानगरपालिका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, शिक्षा शाखाका सुनिता महर्जन र माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा बक्तृत्वकलामा निर्णायकको भूमिकामा रहेका थिए । हेटौंडा उपमहानगरपालिका कार्यालय, गैरसरकारी सस्था महासंघ बागमती प्रदेश, नगर स्तरीय महिला जागरण समुह र नारी संरक्षण केन्द्रको आयोजनामा भएको कार्यक्रममा मानब अधिकार संरक्षण तथा बेचबिखन बिरुद्धको सञ्जालको सहकार्य रहेको थियो ।

त्यस्तै अभियान अन्तरगत आइतबार बिहान भएको मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा भएको महिला कर्मचारी÷ जनप्रतिनिधी बिरुद्ध महिला संजाल बिचको खेल १–१ गोलको बराबरीमा टुङगिएको थियो । त्यस्तै पुरुष कर्मचारी÷जनप्रतिनिधी बिरुद्ध संजाल बिचको खेलमा कर्मचारी÷जनप्रतिनिधी मिश्रीत समुहले जित हात पारेको थियो । प्रतियोगितामा हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले पुरस्कार बितरण गरेकी थिइन् । कार्यक्रममा महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला हिंसा बिरुद्धका सञ्जालमा आवद्ध सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*