बागमती गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

छहारी संवाददाता
फाल्गुन १४, २०७९

मकवानपुरको बागमती गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको कार्यपालि बैठकले फागुन १५ र १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भोलि अर्थात फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवस र १६ गते मंगलबार माझी समुदायको लदि पर्व (कोशी पूजा) परेकाले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाको दिन पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*