बालमैत्री पालिका घोषणा गर्न नगर र वडा सहजकर्तालाई तालिम

छहारी संवाददाता
फाल्गुन १४, २०७९

हेटौंडा उपमहानगरपालिकाले नगर र बिभिन्न वडाहरुका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई बालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता विकास तालिम दिएको हो ।

तालिमका क्रममा सजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने उपमहानगरका महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताउनुभयो । उपमहानगरले हाललाई असार मसन्तसम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ ।

तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा बालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी दृढताका साथ पुरा गर्न निर्देशन दिनुभयो । उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भिर रुपमा लिदै समाज रुपान्तरणको काममा सक्रियताका साथ लाग्नु पर्ने बताउनुभयो । उहाँले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउन जोड दिनुभयो ।

लामाले काम गर्ने क्रममा समाजसँगै जोडिनका लागि जनप्रतिनिधीको आवश्यकता रहने भएकाले उनिहरुको सल्लाह सुझाव अनुसार काम गर्न सुझाव दिनुभयो । जनताबाट अनुमोदित भएको जनप्रतिनिधीलाई अटेर गर्ने काम नगर्न पनि उहाँले सचेत गराउनु भएको छ । उपमहानगरमा जागिर खुवाउन सहयोग गरेको भन्दै आउँनेको कुरा नसुनि आफ्नै क्षमताले छनौंट भई काममा लागेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर काममा लाग्न नगर प्रमुख लामाले जोड दिनुभयो ।

चार दिनसम्म सञ्चालन हुने तालिममा बालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौरेल प्रशिक्षक रहनु भएको छ । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ ।

सरकारको २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*