राक्सिराङबाट ३ सय ४५ किलो गाँजासहित दुई जना पक्राउ
मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट ३ सय ४५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
राक्सीराङ –८ गोठडांडाका प्रेम घलानको घरबाट १६३ किलो र ठाकुराम मोक्तानको घरबाट १८२ किलो ४ सय ग्राम गरी जम्मा ३४५ किलो ४ सय ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा उनिहरुको घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध गााजा बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक केशर कुमार न्यौपाने र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक कृष्णराज ढकालको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । घलान र मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।







