डुयुटिमा खटिएका प्रहरी हवल्दार देवकोटामाथि आक्रमण

छहारी संवाददाता
फाल्गुन १४, २०७९

डुयुटिमा खटिएका प्रहरी माथि सांघातिक आक्रमण भएको छ । प्रहरी कार्यलय ठुलोदमार हेटौंडा १८ का प्रहरी हवल्दार देबि प्रसाद देबकोटाले आफुमाथी सांघातिक आक्रमण भएको बताउनु भएको छ ।

हेटौंडा १८ का स्थानिय जित बहादुर अधिकारी सहितको समुहले आफुलाई आक्रमण गरेको प्रहरी हवल्दार देबकोटाले बताउनुभयो । आक्रमणबाट उहाँको शरिरका विभिन्न भाग सुन्निएको छ भने ओडमा चोट लागेको छ ।

गएराती आठ बजेको समयमा दियाबती भन्ने स्थानमा सवारि दुर्घटना भएको जानकारी आएपछि घटना बुझ्न गएका देबकोटा माथी घटनास्थलमै हातपात भएको हो । मादक पदार्थ सेवन गरेको सो समूहले घटना लुकाउन भन्दै दवाद दिँदा प्रहरीले नमाने पछि आक्रमण गरेको बुझिएको छ ।

अधिकारीलाई हिजो राती नै जिल्ला प्रहरी मकवानपुर लगिएको छ भने घटना अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*