हेटौंडामा विपि वाचनालय तथा विपि संग्राहलय भवनको शिलान्यास

छहारी संवाददाता
फाल्गुन १४, २०७९

नेपाली कांग्रेस मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको विपि स्मृति भवनसँगै विपि वाचनालय तथा विपि संग्राहलयको नयाँ भवन बन्ने भएको छ ।

भवनको शनिवार एक कार्यक्रमका बीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने, पूर्व कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछाने लगाएतले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

बागमती प्रदेश सरकारको तत्कालिन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको आर्थिक बर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भवन निर्माण हुने भएको हो । २०८० जेष्ठ अन्तिममा निर्माण सम्पन्न हुने भवनलाई नेपाली कांग्रेसका संस्थापक नेता विपीको संग्राहलय र विपि वाचनालयका रुपमा विकास गरिने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिनुभयो । उहाँले विपिका बारेमा अध्ययन गर्न र जान्न चाहनेहरुका लागी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

विपि संग्राहलय पूर्वाधार विकास निर्माण उपभोक्ता समितिका संयोजक प्रभात दाहालले प्रदेश सरकारबाट प्राप्त हुने ४० लाखबाट तत्काल एक तले भवन निर्माण हुने जानकारी दिनुभयो । उहाँले  तीन तलासम्म निर्माण हुने भवनका लागी तत्कालै हेटौंडा उपमहानगरपालिकाले थप एक तलाका लागी १५ लाख रुपैयाँ उपलब्ध गराउँने निर्णय भएको पनि बताउनुभयो ।

भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महत, सह–सचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुन चौलागाई, संघिय सभापतिद्वय दामोदर खनाल र लोक मोक्तान, प्रदेश सभापतिहरु सुशान्त श्रेष्ठ, खड्ग गोपाली, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगाएत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*